काठमाडौैं– पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्।

शनिबार बानेश्वरमा डा केसीको समर्थनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले यो सरकार असहिष्णु बनेको बताइन्। सरकारका नेतृत्वकर्ता माफियाको माकुरोका जालोमा फसिरहेको भन्दै यथासक्य चाँडो गोविद केसीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

‘एक मानिस मृत्युशैय्यामा छ।अक्सिजन, कारामिन दिएर भएपनि बचाउनु सरकारको धर्म हो।’ कार्कीले भनिन्, ‘डा. केसीले तपाई हाम्रो निम्ति माग राखेका छन्।उनीकुनै दलको कार्यकर्ता होइनन्। जनताको आवाज बोलेका हुन्।’

डा. केसी जनताका लागि काम गर्दै अाएकाे सरकारमा बस्ने सबैले बुझेकै हो भन्दै उनलेसरकारले जनताले भनेको कुरा मान्नु पर्ने बताइन्।

तत्कालन माग पूरा नभए देशमा आगो बल्ने उनको चेतावनी छ। कार्कीले इन्टरनेटमा शुल्क बढाएकोमा पनि आपत्ति जनाउँदै सच्याउन माग गरिन।

तपाईको प्रतिक्रिया