काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा उनीपक्षधरले आइतबार बसन्तुपुर डबलीमा शंख फुकेर रिले अनसन सुरु गरे ।

केसीको अनसन चरम राजनीतिकरण भइ, राजनीतिक नेतृत्व कित्ताकाट भइरहेका बेला प्रवद्ध भनिएको समूहसमेत विभाजित भएको छ । प्रतिपक्षी कांग्रेसलगायत दलले सरकारको विरोध गर्न शक्तिशाली हतियारका रुपमा केसीको अनसनलाई प्रयोग गरिरहेको छ । चिकित्सा पेसासँग सम्बिन्धत व्यवसायी मात्रै होइनन्, नागरिक समूहका भनिनेहरु समेत केसीको समर्थन र असमर्थनमा विभक्त भएका चिकित्सा पेसासँग सम्बिन्धत व्यवसायी मात्रै होइनन्, नागरिक समूहका भनिनेहरु समेत केसीको समर्थन र असमर्थनमा विभक्त भएका छन् ।

केसी समर्थकले बसन्तपुरमा सुरु गरेको सत्याग्रह नामक रिले अनसनमा पनि प्रतिपक्षी कांग्रेसनिकटकाहरुको उल्लेख्य सहभागिता थियो । रिले अनसनमा सहभागीहरुले केसीको मागमाथि भन्दा सरकारको विरोध गर्नुमा नै बढी समय खर्चिरहेका थिए । यसले पनि मुद्दा बढी राजनीतिकरण भएको संकेत गर्छ ।

शनिबार नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले पनि नियोजित रुपमा सरकारको विरोध गर्यो । जहाँ केसीको मागका विषयभन्दा सरकारको विरोध बढी भएको थियो । अहिले केसीको समर्थनमा कांग्रेससँगै नयाँ शक्ति नेपाल, विवेकशील साझालगायतका दलहरु लागिपरेका छन् । हिजो कांग्रेस सरकारमा हुँदा केसीको माग सम्बोधन नगर्नु र आज केसीलाई सरकारको विरोध गर्न हतियार बनाउनुले विषयलाई विवादित बनाएको हो ।

विवेकशील साझाले त केसीको समर्थनमा ठूला कुरा गरेबापत नै स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा धेरै मत पाएको भनेर टिप्पणी समेत गरेको छ । स्मरणीय छ कि, अहिलेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलादेखि नै केसीले अनसन श्रृङ्खला सुरु गरेका थिए ।

चाहे कांग्रेस हुन् या कम्युनिष्ट, प्रतिपक्षमा रहँदा केसीको अनसनलगायत यो प्रकृतिका घटनालाई राजनीतिको मुल मुद्धा बनाउने परम्पराजस्तै भएको छ । जुन गलत प्रवृत्ति हो । केसीको मागलाई राजनीतिकरण होइन, सच्चा ढंगले सहमतिबाट सुल्झाउनु उचित हुनेछ ।

अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन–असमर्थमा राजनीतिक नेतृत्वसँगै प्रवुद्ध भनिएको समूह पनि विभाजित भएको छ । एक समूहले केसीको समर्थनमा वसन्तुपुर डबलीमा रिले अनसन सुरु गरिरहँदा अर्को समूह भने केसीको अनसनमाथि कडा टिप्पणी गरिरहेको छ । वरिष्ठ चिकित्सक, राजनीतिक विश्लेषक एवम् मानवअधिकारकर्मी सुन्दरमणि दीक्षितले केसीको अनसन प्रकरणमाथि पाँच वटा बुँदामा टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया