सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसान्तमा सकिएको छ ।

नागरिक दैनिक लेख्छ– चार महिनासम्म चर्चामा रहेको सुन तस्करी प्रकरणमा अनुसन्धान टोली कुनै टुंगोमा नपुगी विश्राम लिन पुगेको छ ।अनुसन्धान रोकिए पनि तस्करहरुले आफ्नो धन्धा भने रोकेका छैनन् । प्रहरीले हरेक साताजसो विमानस्थलबाट सुन बरामद गर्दै आएकाले तस्करी नरोकिएको पुष्टि हुन्छ ।

तपाईको प्रतिक्रिया