यो देशमा केपी ओलीसँग ज्ञानको बिषयमा, भाषागत क्षमताको बिषयमा कसैले प्रतिस्पर्धा गर्न सक्दैन भन्ने तपाईले नै आज सात-आठ कक्षा पढेकोलाई के भन्ने र खै भन्दै सडकमा हुर्मत लिने काम कसरी गर्नुभयो सुशिला श्रीमान ?

गणेश बस्नेत – सर्वाेच्च अदालतमा लामो समय बिताएर प्रधानन्यायाधीशको रुपमा बिदा हुनुभएकी सुशिला कार्कीले शनिवार डाक्टर गोबिन्द केसीको चिन्ता गर्दै भन्नुभयो, ‘आठ–दश कक्षा पढेको व्यक्तिलाई के भनौं र खोई ?’ श्रीमान कार्कीको यो दम्भी लल्कार न्यायालयबाट अपमानपूर्वक गलहत्याउने बेला जोगाइ दिन अनुनय बिनय गर्न आफै पुग्नुभएकी बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित थियो ।

सडकमा ताण्डव देखाउँदै दम्भी लल्कार आइरहेको बेला कार्की श्रीमानको मुन्टो एकाएक सिंहदरवारतिर फर्किएको थियो । उहाँले यसअघि गंगामाया अधिकारीको नाममा पनि गोहीको आँसु चुहाउँदै प्रधानमन्त्री ओलीमाथि गम्भीर आक्षेप लगाउनु भएको थियो । माफिया भ्रष्टको संरक्षक बनेछ सरकार त भन्दै कार्की श्रीमान राजनीतिक मैदानमा खुट्टा राख्नु भएको उदघोष थियो । तर त्यसलाई सर्वाेच्च अदालतमा लामो समय बिताएको सम्मानित र प्रतिष्ठित श्रीमानको सुझावका रुपमा नेपाली समाजले ग्रहण गर्यो ।

आइएनजीओको फण्डिङमा भएको कार्यक्रममा कार्की श्रीमानले आफ्नो मर्यादा भुल्नुभएको तिर कसैले ध्यानै दिएन । मिडियामा ओलीमाथि प्रहार गर्ने ठुलै मसला पाइयो भनेर भंगेरे अक्षरमा लेखियो । जताततै कार्की श्रीमान छाउनु भयो । उहाँले श्रीमान सुशिला कार्कीबाट यति चाँडै श्रीमती दुर्गा सुवेदीको रुपमा आफूलाई स्खलित गराउनु भयो । सुवेदी उहाँका श्रीमान हुनुहुन्छ, जो नेपाली कांग्रेसको नेता हुन ।

कुनैबेला बिमान अपहरण गरी लामो समय कांग्रेसको राजनीतिमा छाउनु भएका सुवेदीकी श्रीमतीका रुपमा रुपान्तरित भएपछि कार्कीले समाजमा स्वेतग्रिभी आतंक मच्चाउन सुरु गर्नुभयो । आफ्नो कामबाट प्रतिष्ठा आर्जन गरी समाजले पत्याउने अवस्थामा पुगेपछि गरिने कुकर्मलाई स्वेतग्रिभी अपराध भनिन्छ । प्रतिष्ठा आर्जन गरेपछि जो ब्यक्ति मर्यादामा बस्दैन, आफ्नो दम्भका आडमा समाजमा अनेक बहाना बनाएर आतंक मच्चाउँछ, त्यो बिवेक गुमाएको बेला क्षणिक स्वार्थका लागि अराजकता मच्चाएर समाज र आम नागरिकमाथि ठुलै अपराध गर्छ । श्रीमान सुशिला कार्की श्रीमती दुर्गा सुवेदीका रुपमा स्खलित भएपछि यही देखियो ।

प्रतिष्ठित श्रीमान सुशिला कार्की तपाई यति चाँडै श्रीमती दुर्गा सुवेदीका रुपमा कसरी स्खलित हुनुभयो ? शनिवार तपाइले गर्नुभएको लल्कारले तपाइको शिक्षामाथि पनि प्रश्न उठाएन र ?

बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाले पटक पटक भन्नुभएको छ, अस्पतालमा हडताल गर्ने र पदबाट बिदा भएपछि सडकमा आउने सवै चिकित्सकीय मर्यादाबाहिर गएका राजनीतिज्ञ हुन । चिकित्सक हुनका लागि आन्दोलन बर्जित छ ।’ डा देवकोटाको यो मान्यता चिकित्सा पेशाको पहिलो सर्त हो । तर यतिबेला अस्पताल बन्दको पक्षमा पूर्वप्रधानन्यायाधीश आफ्नो सवै मर्यादा भुलेर सडकमा पुगी बोल्नै नमिल्ने अत्यन्त नीच शब्दबाण प्रहार गर्न थाल्नुभएको छ । श्रीमानलाई जानकारी हुनुपर्ने हो, आफै प्रधानन्यायाधीश हुँदा अस्पतालमा हडताल गर्न पाइदैन भनेर आदेश दिएको होइन सर्वाेच्च अदालतले ।

श्रीमान कार्कीले कसरी भुल्नुभयो यो तथ्य ? पदमा रहँदा आदेश दिने, पद गुमेपछि राजनीतिको खोल ओढेर आफ्नै रक्षाका लागि, न्यायका लागि, जुध्ने नेतामाथि नै यति निच आरोप लगाउने ? हिजो मलाई बचाइदिनोस भन्दै गुहार माग्ने, अहिल आफ्नै इतिहास भुलेर मर्यादाबिहीन ढंगले सडकमा ताण्डव देखाउने काम तपाइबाट अपेक्षा गरिएको काम होइन श्रीमान । स्वेतग्रिभी अपराध अन्तराष्ट्रिय आतंककारी भन्दा पनि ठुलो अमानवीय र अक्ष्यम्य अपराध हो, श्रीमान त्यही अपराधमा किन संलग्न हुनुहुन्छ ।

प्रधानमन्त्रीलाई माफियाको संरक्षक भन्ने तपाइ को हो ? तपाईको यो अभिब्यक्तिले न्यायलयको गरिमा कहाँ पु¥यायो ? एक पटक ठण्डा दिमागले सोच्नोस त । चारवटा ठेकेदारलाई मोटो बनाएर समाजवाद आउँछ भन्ने तपाइको आरोपको कृपया तथ्य दिनोस त । आज तपाई बोल्नै पर्ने भयो भन्दै श्रीमती दुर्गा सुवेदी बनिरहनु भएको छ । श्रीमान सुशिला कार्की नै रहिरहन तपाई किन सक्नु हुन्न ? डा केसी र गंगामायाको आडमा प्रधानमन्त्रीमाथि निकृष्ट आरोप लगाउने तपाईले सर्वाेच्चमा रहँदा उनका पति र उनीमाथि न्याय दिन किन सक्नुभएन ? यस्को जवाफ चाँही दिनुपर्दैन ?

तपाईको भनाई सुन्दा कांग्रेसको हनुमानचालिसा देखिन्छ । ‘केसीको मागमा नबोली नहुने भएर बोल्न बाध्य हुनुपरेको हो । राति सुत्नेबेलामा पनि चिन्ता लाग्छ । केसीजीलाई के भयो होला, बिहान उठ्ने बेलामा पनि सिरानमा राखेको मोबाइल झिक्यो । केसीजी के हुनुभयो भनेर । अनि घडीको सुईजस्तै मन त फिटीफिटी गर्छ । त्यसैले मान्छेले भन्लान, सरकारको मानो खाएर जे पायो त्यही भन्छ । योभन्दा पहिले भनी पनि सक्या छन् कत्तिले । तर, के भने विवश हुन बाध्य भइयो ।’ अनि सर्वाेच्च अदालतबाट भकाभक निजी मेडिकल कलेजको सम्बन्ध बढाउने आदेश केपी ओलीले दिनुभएको हो श्रीमान ? तपाई सर्वाेच्चको नेतृत्व गर्दा किन रोक्नुभएन ? तपाईले त्यतिबेला भकाभक नीजि मेडिकल कलेजको पक्षमा किन फैस्ला दिनुभयो ?

श्रीमान एकेडेमिक क्वालिफिकेशन सर्टिफिकेट हो कि ब्रेन हो ? ज्ञान हो कि प्रमाणपत्र हो ? तपाई जस्तो ब्यक्तिले बोलेको यो बिषयले तपाइको ज्ञान र शिक्षामाथि नै प्रश्न उठाउँदैन र ? शिक्षाको अन्तिम बिन्दु ज्ञान हो, ज्ञानको अन्तिम बिन्दु तपाइको ब्यवहार र बोली हो, तपाईले कस्तो ब्यवहार र बोली राख्नुहुन्छ, त्यसैले तपाइको शिक्षाको मापण हुन्छ भन्ने बिश्वब्यापी मान्यताले त श्रीमान तपाईलाई नै प्रश्न उठाएन र ? शनिवारको तपाइको दम्भी लल्कार त्यही सात आठ कक्षा पढेका भन्दा पनि तल्लो स्तर देखाएन र ? एक पटक सोच्नोस त श्रीमान

एउटा मानिस मृत्युशैय्यामा छ । मृत्युशैय्यामा भएको मान्छेलाई सरकारले अक्सिजन दिएर जोगाउनुपर्छ । बचाउनुपर्छ । त्यो सरकारको धर्म हो भन्ने तपाइको तर्क सही हो । तर तपाईले अधिकारी दम्पत्तिको जीवन रक्षाका लागि पदमा रहँदा के गर्नुभयो ? जवाफ दिनोस त श्रीमान । तपाइको यो भनाईले सर्वाेच्च अदालतको नेतृत्वमा कस्ता मानिस पनि पुग्दारहेछन भन्ने प्रश्न उठाउँदैन श्रीमान ? एकपटक आफूले बोलेको कुरा पढनोस त– ७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई के भनौं र खै ? तर, केही भन्दिनँ । उहाँहरु पनि आफ्नै नेपाली हुन, गाली गर्दिन ।’

यति गाली गरेपछि बाँकी केही शब्द छ श्रीमान ? आर्थिक अभावका कारण दुरदराजमा पढन नसकेका सवैमाथि तपाई किन यति निकृष्ट ब्यवहार गर्नुहुन्छ ? श्रीमान एकेडेमिक क्वालिफिकेशन सर्टिफिकेट हो कि ब्रेन हो ? ज्ञान हो कि प्रमाणपत्र हो ? तपाई जस्तो ब्यक्तिले बोलेको यो बिषयले तपाइको ज्ञान र शिक्षामाथि नै प्रश्न उठाउँदैन र ? शिक्षाको अन्तिम बिन्दु ज्ञान हो, ज्ञानको अन्तिम बिन्दु तपाइको ब्यवहार र बोली हो, तपाईले कस्तो ब्यवहार र बोली राख्नुहुन्छ, त्यसैले तपाइको शिक्षाको मापण हुन्छ भन्ने बिश्वब्यापी मान्यताले त श्रीमान तपाईलाई नै प्रश्न उठाएन र ? शनिवारको तपाइको दम्भी लल्कार त्यही सात आठ कक्षा पढेका भन्दा पनि तल्लो स्तर देखाएन र ? एक पटक सोच्नोस त श्रीमान ।

एक पटक केपी ओलीसँग अंग्रेजीमा, नेपालीमा, ब्याकरणमा, ग्रामरमा बहश गर्न तयार हुनोस त सुशिला श्रीमान । को कति ज्ञानी, को कति पढालेखा रहेछ, दुधको दुध, पानीको पानी आउँछ नि होइन र ? अंग्रेजीमा केपी ओलीसँग बहश गर्न तपाई सक्नुहुन्छ श्रीमान ? आउनोस टेलिभिजन खुला बहश गरौं

तपाईले अमेरिका, फ्रान्सको पनि उदाहरण दिनुभयो । श्रीमान तपाइ जस्तै अमेरिका र फ्रान्सका प्रधानन्यायाधीशले बिदेसीको रकम न्यायालयमा भित्र्याउँछन ? तपाईले त भित्र्याउनु भयो, जुन अहिलेका कामू प्रधानन्यायाधीशले रोक्नुभएको छ । बिदेसी उदाहरण राख्न आफ्नो इतिहास हेर्नुपर्दैन र श्रीमान ? कि तपाईले जे गरे नि ठीक, अरुले जे गरे नि बेठिक भन्ने अधिनायकवादी सोच तपाइमै पलायो ? माफ गर्नाेस श्रीमान, तपाइको लल्कारले म जस्ता धेरै तपाइका फ्यान घटेका छौं । यो देशमा केपी ओलीसँग ज्ञानको बिषयमा, भाषागत क्षमताको बिषयमा कसैले प्रतिस्पर्धा गर्न सक्दैन भन्ने तपाईले नै आज सात-आठ कक्षा पढेकोलाई के भन्ने र खै भन्दै सडकमा हुर्मत लिने काम कसरी गर्नुभयो सुशिला श्रीमान ?

एक पटक केपी ओलीसँग अंग्रेजीमा, नेपालीमा, ब्याकरणमा, ग्रामरमा बहश गर्न तयार हुनोस त सुशिला श्रीमान । को कति ज्ञानी, को कति पढालेखा रहेछ, दुधको दुध, पानीको पानी आउँछ नि होइन र ? अंग्रेजीमा केपी ओलीसँग बहश गर्न तपाई सक्नुहुन्छ श्रीमान ? आउनोस खुला टेलिभिजन बहश गरौं ।

गणेश बस्नेत जनता टाइम्सका अध्याक्ष हुन् 

तपाईको प्रतिक्रिया