काठमाडौं: विमानमा यात्रा गर्दा समान्य, विशिष्ट र अति विशिष्ट सीटमा बसेर यात्रा गर्न पान्छ । त्यसका लागि आफूसंग कति बजेट छ त्यसले निर्धारण गर्छ । विश्वका धेरै हवाई यात्रुहरू इकोनोमिक क्लासमा यात्रा गर्छन् । इकोनोमिक क्लासमा सामान्य सीट हुन्छ ।

विमानमा भएका सीटहरु मध्ये धेरै इकोनोमिक क्लासका सीट हुन्छन् । महगो हुने र सीमितले मात्र यात्रा गर्ने भएकाले विजनेश क्लासका सीट कम हुन्छन् । बिजेस क्लास तथा फस्ट क्लासका सीटहरू इकोनोमीभन्दा धेरै गुणा महंगो हुने गर्छ र त्यहाँ ठूला आरामदायी सीटहरू र अन्य विशेष सुविधाको व्यवस्था गरिएको हुन्छ ।

इकोनोकिक क्लास तुलनात्मक सस्तो भए तापनि धेरै एयरलायन्सहरूले यस क्लासको सीटमा पनि विशेष सुविधायुक्त बनाएका हुन्छन् । कन्जुमर एभिएसन वेवसाइट स्काई ट्याक्सले हरेक वर्ष एयरलायन्सहरूको रिसर्च गरी उत्कृष्ट एयरलायन्सको घोषणा गर्ने गर्छ ।

वेवसाइटले यो वर्ष ३ सय ३५ वटा एयरलायन्सहरूको सर्भे गरेको थियो । उक्त सर्भेमा दुई करोड हवाई यात्रुहरूबाट तथ्यांक संकलन गरिएको थियो । सो सर्भेमा विमानले दिने सुविधा, उडान समयमा हुने सुनिश्चितता लगायत कुरालाई आधार मानिएको थियो ।

उक्त सर्भेको नतिजा अनुसार एसियन एयरलायन्सहरूको दवदबा देखिएको छ । १० उत्कृष्ट इकोनोमिक एयरलाइन्सको सूचिमा ९ वटा एसियन एयरलायन्स रहेका छन् । यी हुन् १० उत्कृष्ट इकोनोमिक एयसलाइन्सः

१. थाई एयरवेज

२. सिंगापुर एयरलायन्स

३. कतार एयरवेज

४.इमिरीयट्स

५. एएनए अल निप्पोन एयरवेज

६. क्याथे प्यासिफिक एयरवेज

७. गरुडा इन्डोनेसिया

८. इभा एयर

९. लुफथान्सा

१०. जापान एयरलायन्स

तपाईको प्रतिक्रिया