क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत सकिएको निर्माण पक्षले जनाएको छ । असार १६ देखि छायांकन सुरु भएको यस चलचित्र काठमाडौं र पूर्वी मोरङको लेटाङ, पथरीशनिश्चरे, बेतना, झापाको दोमुखा, धनकुटाको नाम्जे लगायतको स्थानमा ८५ प्रतिशत छायांकन गरी पुनः सुटिङ युनिट काठमाडौं आइपुगेको छ ।

अब बाँकी १५ प्रतिशत काठमाडौंमा छायांकन गरिने निर्माता मध्येका विरेन साम्बाले जानकारी दिए । चलचित्रमा अहिले जल्दाबल्दा नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा छन् । शाहीलाई नायिकाद्वय वर्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् ।

पत्रकार भीषण राईकोे डेब्यु निर्देशन रहेको चलचित्रको कथा पत्रकारद्वय सन्तोष राई र निर्देशक भीषण राईले लेखेका हुन् । यस्तै चलचित्रमा अन्य कलाकारहरु कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ लगायतले पनि अभिनयगरेका छन् । फिल्मलाई दिपेन्द्र लिम्बु, वीरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ राईले निर्माण गरिरहेको यस चलचित्रमा कार्यकारी निर्माताको भूमिकासञ्चाकरर्मी सन्तोष राईले नै सम्हालिरहेका छन् ।

हरि घले लामाले खिचिरहेको ‘पुरानो बुलेट’को संगीतकार उत्तमजंग लिम्बु हुन् भने गायनमा ‘जमुना…’ राजेशपायल राई, ‘दही चिउरा असार १५ मा …’ उत्तमजंग लिम्बु र मेलिना राई, यस्तै थिम सङ ‘पुरानो बुलेट..’जयन जे.वाइबाको स्वर सुन्न सकिनेछ ।गीतहरुको एरेन्ज महाराज थापा, साहस शाक्यले गरेका हुन् भने गीत राम भट्टराई, माया मगर र जयन जे वाइवाले लेखेका हुन् ।

यस्तै नायिका वर्षा शिवाकोटीले असार ७ गते पत्रकार सम्मेलनमा समयमा आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङ हुने कुराले दंग भएको बताएकी थिइन् तर, उनले भने अनुसार सहज तरिकाले काम गरिनन् । यस्तै नायक अनुप विक्रम शाहीले पनि गर्मीमा सुटिङ गर्दा गाह्रो भएको प्रतिक्रिया दिए । उनले थपे–‘मलाई गर्मीमा सुटिङ गर्न गाह्रो भएपनि चलचित्र एकदमै राम्रो बन्नेमा म विश्वस्त छु ।’ यस्तै अर्की नायिका माला लिम्बुले यस चलचित्रमा आफूले सक्दो र सुहाउदो अभिनय गरेको बताइन् । पूर्वेली एक युवाको कथा अनिपूर्वेली रितीरिवाज र संस्कार यस चलचित्रको मेरुदण्ड रहेको बताइएको छ । चलचित्र मंसिरमा प्रदर्शन ल्याउने क्रेजी इन्टरटेनमेन्टले जनाएको छ ।

तपाईको प्रतिक्रिया