काठमाडौं –  सरकारले दातृ निकायको सहयोगमा पूर्व–पश्चिम जोड्ने एक हजार ५० किलोमिटरको महेन्द्र राजमार्ग चार लेन बनाउने भएको छ। पहाडी भूभागमा दुई लेन र अन्य सम्भव भएका सबै स्थानमा चार लेन बनाउने तयारी भइरहेकोे भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारीले अन्नपूर्णलाई जानकारी दिए। उनले भने, ‘एसियाली विकास बैंकको ऋण सहयोगमा यो राजमार्गलाई आवश्यकताअनुसार सर्भिस लेनसहित चार लेनमा विस्तार गर्न लागिएको हो।’

फाइल फोटो

यो राजमार्ग विस्तार गर्न आवश्यक अध्ययनका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको एक टोलीले यसैसाता कोसी ब्यारेजको स्थलगत निरीक्षण गर्ने भएको छ। यो ब्यारेज धेरै पुरानो भएको र जीर्ण भइसकेकाले यसको विकल्प खोज्नुपर्ने भइसकेको छ। कसरी नयाँ विकल्प खोज्ने भन्ने विषयमा अध्ययन सुरु भइसकेको भौतिक मन्त्रालयको भनाइ छ।

तपाईको प्रतिक्रिया