म ३१ वर्षको भएँ । परिवारमा खर्च बढ्न थालेपछि विदेशिनुको विकल्प मेरा लागि थिएन । विदेश गएर आमाबुबा र श्रीमती दुर्गाका साथै दुई सन्तान कृतिका र कृजनलाई राम्रो विद्यालयमा पढाउने सपना थियो ।दुवईमा बसेको ४ वर्ष भयो । तर घर फर्कंदा हातमा केही थिएन ।

कमाएको पैसा सबै घरमा पठाएको थिएँ । तर त्यो पैसा मेरी श्रीमती दुर्गाले कसरी खर्च गरिन थाहा भएन । मेरी श्रीमती दुर्गा माइत जाँदा मोबाइल अफ हुन्थ्यो । ११ वर्षअघि उनीसँग मेरो प्रेम विवाह भएको थियो । नेपाल फर्कंदा त ऋण पो लागेको थियो । विश्वासले म उनलाई भनेजति पैसा पठाउँथे ।

ऋणका कारण अहिले पनि म दुवईमा छु ।श्रीमतीलाई पनि १७ महिनाअघि दुवई ल्याएँ । दुवईमा सँगै छँदा पनि उनले मलाई मोबाइल छुन समेत दिन्नथिन् । यहाँ आएको १५ महिनापछि उनेले आफू बिरामी भएको बताइन र नेपाल जाने भनेर जिद्दी गरिन् ।

तपाईको प्रतिक्रिया