काठमाडौं । केपी शर्मा ओली दुइ तिहाइ मत सहित शक्तिशाली प्रधानमन्त्रीको कुर्सीमा छन् । उनको मन्त्रीमन्डल अनेक विषयमा विवादमा तानिएको छ । तर पछिल्लो समय ओली सहितले सिंहदरबार बाट कांग्रेस निकट कर्मचारीहरुलाई विकट क्षेत्रमा पठाउन निर्देशन दिएका छन् ।

निर्देशनसंगै यतिवेल नेकपाका कर्मचारी संगठनका नेताहरु दौडधुपमा रहेका छन् । प्रत्येक मन्त्रालयमा रहेका कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुलाई धमाधम सरुवाको पत्र थमाउन सुरु गरिएको छ ।

कर्मचारी समायोजनको मुद्दालाइ थाँती राखेर यतिवेला कर्मचारी युनियनका कर्मचारीहरुलाई तराई र हिमाली क्षेत्रमा पठाइएको छ । गृह सचिव प्रेम कुमार राइले गृह मन्त्रालयका कुनै पनि युनियनका कर्मचारी नराख्न निर्देशन दिएका छन् ।

त्यस्तैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले समेत मन्त्रालयमा रहेका युनियनका कर्मचारीलाई धमाधम सरुवा गरेका छन् । त्यस्तै भौतिक मन्त्रालयमा पनि सवै कर्मचारी युनियनका कर्मचारी सरुवाको लागि समान्य प्रशासन मन्त्रालयका नाम पठाइएको छ ।

‘हामीलाई पठाएर अन्य मन्त्रालयबाट ल्याए थमौति गरिएको छ,’ एक युनियन निकट कर्मचारीले भने । अवकासमा जान ६ महिना बाँकी भएका कर्मचारी समेतलाई सरुवा गरिएको छ ।

भदौ १ गते देखि सरुवा खुल्दै छ । यतिवेला देशभरका युनियनका कर्मचारीहरुलाई लखेट्ने र मालदार मन्त्रालय देखि विभागसम्म नेकपा निकट कर्मचारीले भर्ने खेल भइरहेको छ ।

कर्मचारी संघसंगठनका नेताहरु कर्मचारीहरुसंग रकमको चलखेल समेत गर्दै सरुवामा लागेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु ढोका थुनेर कुनै पनि युनियनका कर्मचारीलाइ पत्तो नदिइकन देशभर सरुवा गरिएको छ ।

यतिवेला सवै मन्त्रालयका नेकपा निकट सचिव भएकोले पनि सरुवाका लागि कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुलाई छानिछानि सरुवा गरिएको छ ।

अहिले सवै मन्त्रालयमा रहेका कर्मचारी युनियनमा आवद्धहरुलाई सरुवाको लागि समान्य प्रसासन पठाइको छ । धेरैलाई स्थानीय तह देखि २ नम्बर प्रदेशमा जान दवाव दिइएको छ ।

समायोजनको सूचनै ननिकाली धमाधम सरुवा

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ देखि कर्मचारी समायोजनको सूचना निकल्ने जनाएको थियो । संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको संख्या यकिन भएपछि मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउने जनाएको थियो ।

कर्मचारी समायोजन ऐन २०७४ अनुसार ज्येष्ठता, पायक पर्ने जिल्ला र रुचिका आधारमा समायोजन गरिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया