काठमाडौंः भारत र चीन पछि नेपालको जलविद्युत क्षेत्रमा बंगालादेशको प्रवेश भएको छ । बंगलादेशले पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने भएको हो । चीन र भारतले लगानीमा होडबाजी गरिहरेका बेला बंगलादेश पनि नेपालको जलविद्युतमा लगानी गर्न आउन तयार भएको छ ।

नेपालमा हालसम्म बंगलादेशबाट जलविद्युत् क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आएको छैन । जलविद्युत् क्षत्रेमा सहकार्य गर्न सहयोग आदान शुक्रबार द्विपक्षीय ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुँदैछ ।

दुई पक्ष बीच समझादारीपत्रमा हस्ताक्षर गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद काठमाडौं आइसकेका छन् । शुक्रबार दुवै देशबीच मन्त्रीस्तरीय वार्ता हुने तय भएको छ । नेपाली टोलीको नेतृत्व उर्जामन्त्री वर्षमान पुनले गर्ने छन् ।

बंगलादेशले जनार्दन शर्मा ऊर्जामन्त्री भएकै समयमा नै नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव राखेको थियो । नेपाल र बंलादेशबीच जलविद्युत्मा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने अगाडि बढ्न सकेको थिएन ।

नेपालमा उत्पादित बिजुली बंगलादेशले किन्ने, जलविद्युतमा बंगलादेशी लगानी भित्र्याउने, पावर ट्रेडिङ गर्ने, नवीकरणयीय ऊर्जाको क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, ऊर्जाका क्षत्रेमा तालिम लगायतका क्षमता अभभिवृद्धिका लागि संयुक्त प्रयास गर्ने लगायतका विषय एमओयूमा हुने तय भएको उर्जा मन्त्रालयले जनाएको छ ।

समझदारीपछि दुईदेशका ऊर्जा सचिव स्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सहसचिवस्तीय ज्वाइन्ट वर्किङ ग्रुप लगायतका संयन्त्रहरु बनाइनेछ । जसमार्फत आफ्ना ऊर्जासम्बन्धी हित र सरोकारका विषय दुईदेशबीच छलफल हुनेछ । भारतसँग पनि ऊर्जा सहयोग आदान(प्रदानका लागि यस्तै संयन्त्रमार्फत काम भइरहेको छ ।

यो एमओयूपछि ठूला आयोजनमा लगानी विविधिकारण हुने विश्वास व्यक्त गरिएको छ । अहिले नेपालका ठूला जलविद्युत आयोजनामा चीन र भारतबीच लगानीको प्रतस्पिर्धा रहेको छ । तर, समयमै निर्माण नगर्ने परिपाटी रहेकाले बंगलादेशको प्रवेशले आयोजना ओगटेर राख्ने प्रवृत्ति निरुत्साहित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

बंगलादेशमा ऊर्जाको माग अत्याधिक रहेको र पछिल्लो सात वर्षमा हजारौं मेगावाट विद्युत् उत्पादन गरेको अनुभव छ । त्यसबाट नेपालले फाइदा लिन सक्छ ।

तपाईको प्रतिक्रिया