काठमाडौं:  भारतमा पनि सडकको अवस्था उत्कृष्ट हुन सकेको बताइन्छ । खराब अवस्थाको सडकमा गाडी गुडाउनु त्यति सहज छैन, त्यो यात्रुका लागि पनि र गाडीका लागि पनि । त्यसमा पनि कारका लागि त त्यो झनै खतरनाक हुन्छ ।

यद्यपी त्यस्तै खराब सडकहरुमा पनि आरामदायी तवरमा गुडेका एसयुभीको बारेमा यहाँ चर्चा गरिएको छ । ७ देखि ८ लाख भारुमा पाइने त्यस्ता कम्प्याक्ट एसयुभीको ग्रान्ड क्लियरेन्स २ सय एमएम भन्दा बढी रहेको छ । ती कारहरु यस प्रकार छन्ः

फोर्ड इकोस्पोर्ट

भारतीय बजारमा फोर्ड इकोस्पोर्ट कम्पनीको सबैभन्दा धेरै बिक्री हुने कार हो । यो कार हाइवे तथा सहरी यात्रा दुवैका लागि उपयुक्त मानिन्छ । २०१८ मा फोर्डले नयाँ जेनेरेसनको इकोस्पोर्ट सार्वजनिक गरेको थियो । इकोस्पोर्टको ग्राउन्ड क्लियरेन्स २ सय एमएम र ह्वील वेस १६ इन्च रहेको छ । नयाँ इकोस्पोर्टमा १४ सय ९७ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मूल्यः ७ लाख ८२ हजार भारु (सुरुवाती) इन्जिनः १४९७ सीसी पावरः १२३ पीएस टर्कः १५० एनएम माइलेजः १७ केएमपीएल

फियाट एभेन्चुरा

फियाट एभेन्चुरा केही पावरफुल क्रसओभर हो । एभेन्चुराको ग्राउन्ड क्लियरेन्स २ सय ५ एमएम रहेको छ भने ह्वील वेस १६ इन्च । एडभान्स सस्पेन्सन भएको एभेन्चुरा इटाइलिस गाडी हो । १.४ लिटर टी–जेट इन्जिन भएको यो गाडी सबै खाले सडकमा सहज गुडाउन सकिन्छ ।

मूल्यः ७ लाख ११ हजार भारु (सुरुवाती) इन्जिनः १.४ लिटर टी–जेट पावरः १४० बीएचपी टर्कः २१० एनमए

रेनो डस्टर

रेनो डस्टर भारतीय बजारमा निक्कै चर्चित रहेको छ । कम्प्याक्ट एसयुभी सेगमेन्टको यो गाडी खराब सडकमा पनि सजिनै गुडाउन सकिन्छ । यो कार डिजेल तथा पेट्रोल दुवै भेरियन्टमा उपलब्ध छ । डस्टरको ग्राउन्ड क्लियरेन्स २ सय १० एमएम रहेको छ ।

मूल्यः ७ लाख ९५ हजार भारु (सुरुवाती) इन्जिनः १.५ एचफोरके पेट्रोल र १.५ डीसीआइ डिजेल पावरः १०६ पीएस पेट्रोल र ८५ पीएस डिजेल

तपाईको प्रतिक्रिया