नयाँ दिल्ली– आमा बनेपछि चलचित्रमा देखिन छोडेकी करिना कपूरले वीरे दी वेडिङ्गबाट आफ्नो चलचित्रको यात्रा पुन शुरू गरिन् । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । अहिले यो खबर आएको छ कि वीरे दी वेडिङ्गको सफलता पछि उनले आफ्नो पारिश्रमीक बढाएकी छिन् ।

रिपोटर्सको अनुसार वीरे दी वेडिङ्गको सफलतालाई हेरेर उनले आफ्नो आउने प्रोजेक्टको लागि आफ्नो पारिश्रमीक बढाउने फैसला गरेकी हुन् । वीरे दी वेडिङ्गको लागि उनले ७ करोड लिएकी थिइन् अब उनले पारश्रमीक बढाएर लगभग १० करोड बनाएकी छिन् । यो खबर अनुसार अब बलीउड इन्ड्रस्ट्रीमा सबभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री हुनेछिन् ।

उनी अब अक्षय कुमारसँग चलचित्र गुडन्यूजमा देखिने छिन् । यसको अलावा करण जौहरको मल्टीस्टारर मुभी तख्तमा पनि आउनेछिन् । गुडन्यूजको कहानी सरोगेसीमा आधारित छ । यस चलचित्रमा दिलजीत दोसांझ र कियारा आडवाडी पनि हुने छन् । तख्त एक पीरियड ड्रामा मुभी हुनेछ ।

यो २०२०मा रिलीज हुनेछ । यसमा पहिलो पटक करीना र रणवीर सिंह चलचित्रमा साथ देखिनेछन् । खबरको अनुसार यो चलचित्रमा रणवीर प्रमुख भूमिकामा हुनेछन् र करीना उनको बहिनीको भूमिकामा ।,

तपाईको प्रतिक्रिया