हर कोही चाहन्छन् कि बुढो कहिल्यै हुन नपरोस् तर बढ्दो उमेरको असर त जसलाई पनि पर्छ । तर यो दुनियाँमा एउटा यस्तो ठाउँ पनि छ जहाँका व्यक्तिहरू कहिल्यै पनि बुढा देखिदैनन् । यहाँका महिलाहरू यती राम्रा हुन्छन् कि उनीहरूलाई हेर्दा यस्तो लाग्छ कि मानौं स्वर्गका अप्सराहरू धर्तीमा आएका छन् । यो ठाउँ कुनै स्वर्ग भन्दा कम छैन ।

६० वर्षको उमेरमा पनि उनीहरू यस्ता लाग्छन् कि यिनीहरू बीस वर्षका केटीहरू हुन् । यहाँका आमा र छोरीमा फरक पाउन धेरै मुश्किल छ । यहाँको पानी नै यस्तो छ कि यहाँका महिलाहरू ७० वर्षको उमेरमा पनि गर्भधारण गर्न सक्छन् । यो उमेरमा आमा बन्दा पनि उनीहरूलाई कुनै दुःख हुँदैन ।

यो ठाउँ हो हुंजा घाटी, जुन पाक अघिकृत कश्मीरमा पर्छ । गिलगित– बाल्टिस्तानको पहाडमा स्थित हुंजा घाटीमा पाइन्छ । हुंजा भारत र पाकिस्तानको बीच नियन्त्रण रेखाको नजीक पर्छ । हुंजा घाटिका मानिसहरू कुनै बिमारी विना औसत ११० देखि लिएर १२० वर्ष सम्म बाँच्छन् ।

यो प्रजातिका व्यक्तिहरूको संख्या करिब ८७ हजार भन्दा बढी छन् । यिनको सुन्दरताको राज यिनीहको जीवन शैली हो । मुटुको रोग, मोटोपन, उच्च रक्तचाप, क्यान्सर जस्ता रोगहरू दुनियाँभर फैलिएको छ । तर यी हुंजा प्रजातीका मानिसहरूले यी रोगका नाम सम्म पनि सुनेका छैनन् होला ।

यिनीहरूको स्वास्थ्य शरीरको राज यिनीहरूको खानपीन हो । यहाँका व्यक्तिहरू पहाडको स्वच्छ हावा र पानीमा आफ्नो जीवन व्यतीत गर्छन् । यिनीहरू काफी पैदल हिंड्छन् र केही महिना सम्म केवल Apricot मात्र खान्छन् । यसकोअलावा मेवा,जौ, कोदो, कुटु नै यिनीहरूको मुख्य आहार हो ।

यसमा फाइबर र प्रोटीनको साथ शरीरको लागि जरूरी मिनरल्स पनि हुन्छ । यिनीहरू ओखरको बढी प्रयोग गर्छन् । घाममा सुकाएको ओखरमा बी–१७ कम्पाउण्ड पनि पाइन्छ । जसले शरीरमा भएको एंटी– क्यान्सर एजेन्टको नष्ट गर्छ । यस जनजातिको बारेमा पहिलो पटक ड. रबर्ट मैककैरिसनले पब्लिकेशन अध्ययन स्टडीज इन डेफिशिएन्सी डिजीजमा लेखेका छन् ।,

तपाईको प्रतिक्रिया