काठमाडौँ – सभामुख कृष्णबहादुर महराले सकारात्मक सोच एवं चिन्तनले नै समाज रुपान्तरण गर्न सकिने बताउनुभएको छ ।ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नकारात्मकभन्दा पनि सकारात्मक सोचले समाज रुपान्तरण गर्नुपर्छ भन्नुभयो ।उहाँले भन्नुभयो, “म भौतिकवादमा विश्वास गर्छु, अध्यात्मवादको पनि अध्ययन गर्न थालेको छु । समाजलाई अगाडि बढाउन यी दुवै वादका भूमिका आ–आफ्नै रहन्छ ।”

विशेष गरी राजनीतिक नेतृत्वले सबै विचार सुन्नुपर्छ भन्दै सभामुख महराले समाजलाई सही मार्गमा लैजान आशावादी हुनुपर्ने बताउनुभयो ।राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले आफ्नो घरमा बेदको पुस्तक भए पनि तत्कालीन समयमा अध्ययन गर्न नपाएको चर्चा गर्दै समाजलाई सकारात्मक भावनाले मात्र अगाडि बढाउन सकिने धारणा राख्नुभयो । उहाँले समाजलाई लागू पदार्थमुक्त बनाउने अभियानमा सेवाकेन्द्र अहंभूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अध्यात्मिक चिन्तनलाई अगाडि बढाउन ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।सेवा केन्द्रका नेपाल प्रमुख राजदिदी, राजयोगिनी आशा र रामसिंह ऐरले सकारात्मक चिन्तनले नै समाजमा शान्ति कायम गर्न सकिने बताउनुभयो

तपाईको प्रतिक्रिया