काठमाडौँ – राष्ट्रिय युवा परिषद्ले साउन २७ देखि ३० सम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’–२०७५ मनाउने भएको छ ।संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार विश्वमा सन् २००० बाट विभिन्न देशले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएका छन् । नेपालमा भने यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो ।

यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘युवाका लागि सुरक्षित वातावरण’ तय गरिएको छ । नेपालमा कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशतअर्थात् एक करोड १४ लाख ४४ हजार ४०० युवा रहेका छन् । तीमध्ये झण्डै ६० लाख युवा वैदेशिक रोजगारमा छन् ।राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलद्वारा जारी प्रेस विज्ञप्तिमा ¥याली, युवा प्रतिभासम्मान, विभिन्न सांस्कृतिक कार्यक्रम, युवा संवाद सिर्जना कार्यक्रम, ‘युवा दर्पण’ स्मारिका विमोचन, ‘युवाका लागि स्थान’ विषयमा ललितकला प्रतियोगिता र मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रमको आयोजना गरी मनाउने उल्लेख छ ।

तपाईको प्रतिक्रिया