बाँके – अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २४० किलो कालो मरिच सशस्त्र प्रहरीले नेपालगञ्जको जमुनाहा नाकाबाट बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नं ३० गण बाँकेको टोलीले मरिच बरामद गरेको हो । सशस्त्र प्रहरीको टोलीले रु एक लाख ५६ हजार मूल्य बराबरको कालो मरिच जमुनाहाबाट नियन्त्रणमा लिएको थियो ।बरामद गरिएको मरिच र मरिच बोक्न प्रयोग गरिएको ना २ स ७२६ नंको अटोरिक्सा आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यति ठूलो परिमाणमा बाँकेमा कालो मरिच समातिएको सम्भवतः यो पहिलो पटक भएको सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताउनुभयो ।नेपालमा भन्दा भारतीय बजारमा कालो मरिचको मूल्य प्रतिकिलो रु २०० भन्दा बढी पर्ने भएका कारण आयातकर्ताले भारततर्फ अवैधरुपमा लैजाने गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारत सरकारले किसानलाई प्रोत्साहन गर्न तेस्रो मुलुकबाट मरिच आयातमा कडाइ गरेपछि नेपालबाट यसको तस्करी बढेको सशस्त्र प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया