काठमाडौं: तीन वर्ष अगाडी २०७२ बैशाख १२ गते गएको भूकम्पमा भत्किएको रानीपोखरी अहिले चौरमा परिणत भएको छ । राष्ट्रपति विद्यादेवी भन्डारीले पुनर्निर्माण अभियान रानीपोखरीमा उभिएर गरेकी थिइन । तर अभियान सुरु गरेता पनि हालसम्म निर्माणले भने गति लिन भने सकेको छैन ।

विगतमा काठमाडौं महानगर पालिका र पुरातत्व विभागबीच कस्ले बनाउने भन्ने विवाद भएको थियो । काठमाडौंका मेयर विद्यासुन्दर साक्यले निर्माण सुरुगरेका थिए । तर मापदन्ड विपरित निर्माण गर्न लागेको भन्दै सर्वत्र विरोध भयो । पुनःपुरात्व विभाग निर्माणको जिम्म लियो ।

विभागले पनि हालसम्म निर्माण कार्य अगाडी बढाउनुको सट्टा सेनलाई निर्माणको जिम्म लगाएको छ । अव रानीपोखरी कस्तो बनाउने भन्ने जिम्मा सेनाको हातमा गएको छ ।

तपाईको प्रतिक्रिया