काठमाडौं । पशुपति आर्यघाटमा मध्यरातका यी दृश्य कल्पना गरिएभन्दा बेग्लै र अनौठा छन् ।यति महत्वको र रातभर शव दाहका लागि मानिसहरुको चहलपहल हुने यहाँ रातको समय एकजना पनि सुरक्षाकर्मी देखिएनन् ।सुरक्षाकर्मीको अनुपस्थितिमा कुलतमा फसेका युवायुवतीका यौनजन्य र अन्य अस्वाभाविक हर्कतले जो कोही चकित पर्छन् ।मृतकका परिवार र आफन्तको रुवावासी चलिरहेको छेउमा गाँजा, चुरोट र मदिरा सेवन गरेर होहल्ला गर्नेदेखि खुलेआम यौनजन्य हर्कत गर्नेहरुले पवित्र पशुपति क्षेत्रलाई दूषित बनाएका महसुस हुन्छ । मलामीहरुलाई यौनकर्मीहरु खुलेआम ग्राहक बनिदिन अफर गरिरहेका पनि देखियो ।

मध्यरातमा सामान्यतया यहाँ अरु कोही आउँदैन, दाहसंस्कारकै लागि आउनेहरू हुन्छन्। जल्दै गरेका चिता र शोकको महोलमा त्यो मध्यरात यौनकर्मीहरुले आर्यघाटलाई किन गन्तव्य बनाउँछन् अचम्मको विषय छ ।प्रमुख पवित्र तीर्थ स्थल त्यसमाथी शोकमग्न माहोलकै छेउमा दैनिक देखिने यी दृश्यले प्रहरी प्रशासनको लाज उडाएको महसुस हुन्छ । एकातिर रुवावास, अर्कोतिर यौनजन्य हर्कत र मदमत्त अट्टाहस । छ्या कस्तो अश्लिल र अमानवीय लाग्ने दृश्य देख्नु पर्यो ।

तपाईको प्रतिक्रिया