राजनितिक विश्लेषक डा. सुरेन्द्र केसीले बालकको अपहरण गरी हत्या गर्ने अपराधीलाई टुँडिखेलमा ल्याएर झुण्ड्यार गोली ठोक्नुपर्ने बताएका छन् । केहि दिन पहिलो भत्तपुरका एक ११ बर्षीय बालकको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले इन्काउन्टर गरी दुई जनाको ज्यान लिएको थियो ।

प्रहरीले गरेको इन्काउन्टरको बारेमा चर्को आलोचना भइरहेको बेलामा राजनितिक विश्लेषक डा. केसीे भने प्रहरीको बचाउ गरेका हुन् ।

११ बर्षीय बालक निशान खड्काको हत्यामा संलग्न भएकै व्यक्ति मरेको भए प्रहरीको आलोचना गर्न आवश्यक नभएको उनले बताएका छन् । प्रहरी इन्काउन्टरमा परी गोपाल तामाङ र अजय तामाङको ज्यान गएको थियो । उनले इन्काउन्टरमा नाममा नागरिक हत्या गर्ने शैली भने बन्द गर्नुपर्नेमा उनले जोड दिएका थिए । राजनितिक विश्लेषक डा. केसीसँग गरिएको थप कुराकानी भिडियोमा ।

तपाईको प्रतिक्रिया