सोनाली बेन्द्रे यतिवेला क्यान्सरबाट पीडित छिन् । तर, उनको मनोबल भने प्रशंसा गर्नलायकको छ । सोनाली समय–समयमा आफ्नो स्वास्थ्यस्थितिबारे फ्यानलाई सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेकी हुन्छिन् । पछिल्लो समय भने उनले ११ अगस्टमा परेको छोरा रणवीरको जन्मदिनलाई लिएर एक सन्देश सार्वजनिक गरेकी छिन् ।

सोनालीले छोराको जन्म दिनमा सँगै हुन नपाएको विषयलाई लिएर लेखेकी छिन्, ‘मेरो घाम, मेरो जून, मेरो तारा अनि मेरो सिंगो आकाश । तिमीलाई केही फरक लाग्न सक्छ, तर, १३औँ जन्म दिनमा तिमी यसको हकदार छौ, अब तिमी युवा पनि भइसकेका छौ । यो कुरा स्विकार्न मेरो दिमागलाई केही समय लाग्ला । म तिमीलाई भन्न सक्दिनँ कि तिमी हुनुमा मलाई कति गर्व छ ।

तिम्रो बुद्धि, तिम्रो विवेक, तिम्रो ताकत, तिम्रो अबोधपन, अनि तिम्रो बदमासी १ ह्याप्पी बर्थडे, मेरो ठूलो भइसकेको छोरा ।’ उनले यो पनि भनेकी छिन्, ‘पहिलोपटक यस्तो भएको छ, जहाँ तिम्रो बर्थडेमा हामी आमा–छोरा सँगै छैनौँ । म तिमीलाई धेरै सम्झिरहेकी छु । सधँै धेरै माया गरिरहनेछु ।’

तपाईको प्रतिक्रिया