रिरहेको व्यवसाय चौपट भएपछि जनकपुरको बेलाका अब्दुल बासिदको जीवन मोडियो। द्वन्द्वका बेला दिनदिनै व्यापार कम हुँदै गयो । त्यही भएर बासिदका परिवारले साँवाभन्दा ४ लाख घटेर बेचेका थिए, जनकपुरको क्याटरिङ्ग पसल।

सानैदेखि व्यवसाय गर्ने लक्ष्य राखेका ‘अब्दुल साहुजी’को सपना यहिँनेर ब्रेक लागेको थियो । त्यसपछि गाउँका धेरै युवाले रोजेको बाटो ‘वैदेशिक रोजगार’ तिरै लाग्ने भए अब्दुल पनि । काठमाडौँका म्यानपावर कम्पनीको बारेमा थाहा थिएन । गाउँका एजेन्टलाई चिनेका थिए, उसैलाई पासपोर्ट बुझाए कतारका लागि ‘एप्लाई’ गर्न।

एजेन्टले भनेका थिए, ‘वेटरमा एप्लाई गरिदिन्छु, ६० हजार लाग्छ ।’ घाटा खाएर पसल बेचेका बासिदका परिवारसँग ६० हजार रुपैयाँ थिएन । छोरो कतार जाने भएपछि बुवाले ऋण खोजे र एजेन्टलाई बुझाए।

सानामा डाक्टर वा इन्जिनियर बन भन्थे, अब्दुलका बुवाले । बुवाले अपेक्षा गरेजस्तो अब्दुलको भने पढाइमा ध्यान गएन । उनको उदेश्य पनि बुवाले भनेभन्दा फरक थियो।

गाउँका धेरैजसो युवाहरु पनि वैदेशिक रोजगारीका लागि कतारतिरै थिए । उनलाई पनि साथीभाइ भएको ठाउँमा जान मन लाग्यो । उनीहरुले वैदेशिक रोजगारीको कमाईले गाउँमा घर बनाएको, जग्गा जोडेको प्रगती देखेर बासिदको मन पनि गाउँमा अडिएन । तर कुनै दिन व्यवसायी बनेरै छाड्ने अठोट भने लिएरै जाँदै थिए कतार।

एजेन्टले तपाईंको जागिर वेटरमा हुन्छ, त्यहाँ राम्रो काम गर्दै जानुभयो भने बढुवा हुँदै जान्छ भनेका थिए। मासिक तलव ४ सय रियाल अथवा त्यतिबेलाको ८ हजार रुपैयाँ । त्यहाँ पुगेपछि बढुवा हुँदै जाने र राम्रो कमाउँदै जाने सपना सँगै उडेका थिए कतार। तर उनको पनि सपना धेरै युवाको भन्दा फरक भएन कतारको रेस्टुरेण्टमा । एजेन्टले यहाँ भनेजस्तो वेटरको काम पाएनन्। रेस्टुरेण्टमा जे आइलाग्थ्यो त्यहि गर्नु पर्थ्यो क्लिनिङ्गको काम देखि अरु पनि । त्यसरी सुरु भयो कतारमा बासिदको संघर्ष।

मासिक ४ सय रियाल तलब भएपनि त्यो सबै बचाउँथे । होटलमा ग्राहकले दिएको टिप्सले चल्थ्यो उनको खर्च। बाँकि तलको भिडियोमा हेर्नुहोस

श्रोत देश संसार

तपाईको प्रतिक्रिया