काठमाडौँ- आइतबार साँझ राजधानीाको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या अपहरणकारीले घाँटी थिचेर गरेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ।

मंगलबार दिउँसो भएको पोस्टमार्टममा उनको घाँटी थिचेर हत्या भएको खुलेको हो। अपहरणकारीले उनको हत्या गरेपछि प्रहरीको इन्काउन्टरमा दुई दोषी पनि मारिएका थिए।

निशानलाई अपहरण गरेर एउटा निर्माणाधीन घरमा राखिएको र त्यहाँ नै अपहरणकारीले उनको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। आइतबार राति ११ बजेदेखि १२ बजेसम्मको समयमा निशानको हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

तपाईको प्रतिक्रिया