ताप्लेजुङ – ग्रामिण क्षेत्रका अधिकांश ठाउँमा अझै बालश्रम रोकिएको छैन् । पारीवारिक आर्थिक अवस्था नाजुक हुँदा ग्रामिण क्षेत्रका बालबालिकाहरु पढाई खर्च आफै जुटाउन सानै उमेरदेखि श्रम गर्न बाध्य छन् । मेरिङदेन गाउँपालिका–६, नाल्बुका ११ वर्षका बालक आफै डोको बन्छन् र बजार लगेर बेचेर पढाई खर्च साथै घर खर्च समेत जुटाउने गरेका छन् ।

नाल्बुका ११ वर्षका लाक्पा शेर्पा कक्षा ३ मा पढ्छन् । उनी भन्छन्, ‘म घरदेखि माथिल्लो भेग जंगली क्षेत्र (पातल) जान्छु, एक दिनमा गएर मालिङ्गो लिएर आउछु । दिन भरी चोया काड्छु, अर्को दिन डोको बुन्छु, डोको लगेर दोभन बजारमा शुक्रबार बेच्ने गरेको छु ।’

बालक लाक्पाका बुबा पेम्बा शेर्पा वैैदेशीक रोजगारीको सिलसिलामा मलेसियामा हुनुहुन्छ । बुबा नभएपछि आफू घरको जेठो छोरो भएकाले पनि सबै काम आफै गर्नु पर्ने उनको भनाई छ । उनी भन्छन्, ‘११ जनाको परिवार छ । ६ दिदी बहिनी र २ दाजुभाई र हजुर आमासहित छौं । सबैका लागि खर्च जोहो गर्न काम गर्नै पर्छ ।’

तीन दिनमा एउटा डोको बने पनि बजारमा लगेर प्रतिगोटा बेच्दा २०० सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बालक पेम्बाको भनाई रहेको छ । एक हप्तामा धेरैमा ३ वटासम्म डोको बनेर बजारमा बिक्री गर्ने गरेको बालक पेम्बाले बताए । श्रोत उज्यालो अनलाइन

तपाईको प्रतिक्रिया