काठमाडौंः सरकारले कर बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । कर लाग्ने सूचीमा मानिस मात्रै होइन्, अब खसीबोका र राँगाभैँसीसमते थपिएका छन् ।

स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ ।

दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।

‘हामीबाट खरिद गर्ने व्इवासयीले कर तिर्दैन्, तर हामीले तिर्नुपरेको छ,’ वैतडी सिद्धपुरका गणेश धामीले भने । कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया