काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापा दुई छोरीका पिता हुन् । उनका छोरा छैनन् । आजको संसदमा गगनले छोरी मात्रै हुँदा र छोरा नहुँदा आफूले भोगेका यथार्थ र पाएका अर्ति उपदेशबारे मजाले व्याख्या गरे । संसदको रोष्टममा उभिएर गगनले आफ्ना दुई छोरीलाई सम्झिदा बैठकहल स्तब्ध बन्यो । सांसदहरूले ध्यान दिएर उनका कुरा सुने । गगन थापाका दुई छोरीको जन्म दिन एकै दिनमा पर्छ तर उनीहरू जुम्ल्याहा भने हैनन् ।

गगन नागरिकतामा महिला र पुरूषको समान हकको पक्षमा उभिएर संसदमा बोल्दै थिए । गगनले आफ्ना दुई सन्तान छोरी मात्रै रहेको सुनाउँदै धेरैले छोरी छोरी पाएकोमा दया देखाउँदै आफूलाई उपचार गर्न, मन्दिर धाउन र साधु सन्त र टुनामुना गरेर छोरा जन्माउने उपाय बताएपछि माहोल स्तब्ध बनेको हो । उनको भाषणले समाजको यथार्थतालाई झल्काएको थियो । हेर्नुस्, संसदको त्यो क्षण, जब गगन थापाले आफ्ना छोरी सम्झिए…

तपाईको प्रतिक्रिया