काठमाडौंः अफगानिस्तानमा भएको आतंकवादी विष्पोटमा परि ४८ जनाको ज्यान गएको छ । काबुलमा रहेको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् ।

सिया मुस्लिमको बाहुल्य रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आत्मघाती विस्फोट गराएको अफगाना प्रहरीले जनाएको छ । विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् । उनीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेको जनाइएको छ ।

तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ भने घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन । एजेन्सी

तपाईको प्रतिक्रिया