काठमाडौंः राजधानीमा दर्जनौ होटल तथा रिसोर्टहरु पर्यटकलाई केन्द्रित गरी विगत लामो समय देखि खुल्दै आएका छन् । पछिल्लो समय पनि ठूलो संख्यामा होटल तथा रिसोर्टहरु खुल्नेक्रम जारी रहेको छ ।

पछिल्लो अध्ययनले काठमाडौंका ठूला होटल तथा रिसोर्टमा पर्यटक सदाबहार भरिभराऊ हुने गरेका छन् । विदेशी पर्यटकहरुको सवैभन्दा पहिलो रोजाई हुने गरेका होटलहरुमा १ सय डलर भन्दा बढी प्रतिरात रुमको पैसा तिर्ने गरेका छन् ।

प्रायः नेपालमा ३० डलर देखि ३ सय डलरसम्म प्रतिरात पर्यटकहरुले तिर्नुपर्ने हुन्छ । काठमाडौंमा यी होटलहरु जसलाई कहिलै पाहुनाको समस्या हुँदैन ।

काठमाडौं मात्रै पाँच तारे होटलहरु होटल सोल्टी क्राउन प्लाजा, हायत रिजेन्सी, र्याडिसन होटल, अन्नपूर्ण होटल, सांग्रिला, होटल याक एन्ड यति रहेका छन् । त्यस्तैगरी सुविधासम्पन्न होटल तथा रिसोर्टहरुमा गोकण फरेष्ट रिसोर्ट, पार्क भिलेज, काठमाडौं गेष्ट हाउस लगायत अन्य दर्जनौ भन्दा रिसोर्ट तथा होटलहरु रहेका छन् । पछिल्लो समय ट्रिप एड्भाइजरीले काठमाडौंका सुविधा सम्पन्न होटलहरुको सूची सार्वजनिक गरेको छ ।

यी हुन् काठमाडौंका सुविधासम्पन्न होटल:

गोकर्ण फरेष्ट रिसोर्ट: गोकर्ण फरेष्ट रिसोर्ट सुविधासम्पन्न होटलहरुको सूचीमा रहेको छ । धेरै क्षेत्रफलमा फैलिएको उक्त होटल विगतमा राजहरुले निजी हन्टीङ क्षेत्रको रुपमा विकास गरेका थिए । रिसोर्टमा १ सय डलर देखि ३ सय डलरसम्मका रुमहरु रहेका छन् । विश्वका पर्यटकको विशेष रोजाई हुने रिसोर्ट अधिकांस समय भरिभराऊ हुने गरेको छ ।

होटल अन्नपूर्ण: पाँच तारे होटलमा सूचीकृत दरबारमार्गमा रहेको होटल अन्नपूर्ण सुविधासम्पन्न होटलको सूचीमा ट्रिप एड्भाइजरीले राख्दै आएको छ । होटलले होलिडे ट्राभल प्याकेजलाई बढी भन्दा बढी बिक्री गर्दै आएको छ । होटलमा ७० डलर देखि १ सय ५० डलरसम्मका रुमहरु रहेका छन् । जहाँ युरोपियन, अमेरिकन सहित भारतीय र चिनियाँ पर्यटकहरुको पनि रोजाई हुने गरेको छ ।

होटल ग्रान्ड : होटल ग्रान्ड चार तारे होटलमा सुचिकृत होटल हो । काठमाडौंको ताहाचलमा रहेको उक्त होटल विगत लामो समय देखि चर्चामा रहेको होटल हो । पर्यटकको लागि काठमाडौंका रोजाईमा पर्ने मध्ये ग्रान्ड पनि अग्रस्थानमा रहेको छ । होटलमा ५० डलर देखि १ सय २० डलरसम्मका रुमहरु रहेका छन् ।

होटल हिमालय: ललितपुरमा रहेको होटल हिमालय पनि चार तारे होटलमा सूचीकृत सुविधासम्पन्न होटल हो । जहाँ त्रिभुवन विमानस्थलबाट ८ किलोमिटर दूरीमा रहेको उक्त होटल शहिद शुक्रराजा मार्ग छेऊमा रहेको छ । हिमायल रेन्ज समेत देख्न सकिने स्थानमा रहेको होटल वर्षभरीनै पाहुनाले भरिने गरेको छ ।

ह्यात रिजेन्सी होटल: पाँच तारे होटलमा सूचीकृत ह्यात रिजेन्सी होटल काठमाडौंको बौद्धमा रहेको छ । विमानस्थलबाट ५ किलोमिटरको दूरीमा रहेको होटल सन् २००९ मा खुलेको हो । सुविधा सम्पन्न होटल ह्यातमा पनि वर्षभरीनै पर्यटकको अभाव हुदैन् । प्रतिरात ८० देखि २ सय डलर सम्मका रुम रहेको होटलमा भारतीय देखि अमेरिकन र चिनियाँ पर्यटकको पनि रोजाई हुने गरेको छ ।

होटल प्रिन्स: काठमाडौं प्रिन्स होटल पर्यटक केन्द्र ठमेलमा रहेको छ । दुई तारे स्तरमा सूचीकृत होटल विगत २० वर्ष देखि संचालनमा रहेको छ । उक्त होटल पर्यटकहरुको विशेष रोजाई हुने गरेको छ ।

होटल मनास्लु: काठमाडौंको लाजिम्पाटमा रहेको उक्त मनास्लु होटल तीन तारे स्तरको होटल हो । होटलबाट ठमेल, पशुपति मन्दीर देखि काठमाडौंमा धेरै स्थानमा जान सहज रहेको छ । विगत लामोसमय देखि संचालनमा रहेको उक्त होटलमा अथित्य संस्कारको हिसाव एकदमै राम्रो रहेको छ । होटलका पर्यटकहरुको लागि सुहाँउदो मुल्यमै बस्न पाउने व्यवस्था रहेको छ ।

होटल र्याडिसन: पाँच तारे होटल ¥याडिसन काठमाडौंको लजिम्पाटमै रहेको छ । सुविधासम्पन्न होटल र्याडिसन मोर्डन डिजाइन, लक्जरीयस तथा उच्च सर्भिसकै कारण पर्यटकको राजाई होटलमा पर्ने गरेको छ । होटलमा रुफटफ, स्विमिङपुल समेत रहेको होटलमा युरोपियन, अमेरिकन र चिनियाँ पर्यटकको रोजाई हुने गरेको छ । होटलमा ८० डलर देखि २ सय डलरसम्म पर्ने गरेको छ ।

होटल सोल्टी क्राउन प्लाज: काठमाडौंको कालिमाटी क्षेत्रमा रहेको पाँच तारे स्तरको होटल सोल्टी क्राउन प्लाजा सुविधासम्पन्न होटल हो । जहाँ नेपाल आउने महंगा पर्यटकको बसाई हुने गरेको छ । नेपाल आउँदा विदेशी कुटनैतिक नियोग तथा राष्ट्र प्रमुखहरुको बसाई उक्त होटलमा हुने भएकोले पनि पर्यटकको पहिलो रोजाई क्राउन प्लाजा हुने गरेको छ । होटलमा १ सय डलर देखि ३ सय डलर सम्मका रुमहरु रहेको छ ।

होटल याक एन्ड यति: दरबारमार्गमा रहेको होटल याक एन्ड यति सुविधासम्पन्न पाँचतारे होटल हो । होटलमा विशेषगरी भारतीय पर्यटकको पहिलो रोजाई हुने गरेको छ । होटल बर्षभरीनै पर्यटकले भरीने गरेको छ । सवैप्रकारको सुविधा रहेको होटलमा १ सय डलर देखि ३ सय डलरसम्मका रुमहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया