काठमाडौं – शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९५ पैसा र विक्रिदर १ सय १२ रुपैया ५५ पैसा तोकेसंगै नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको हो ।नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर भएको छ ।यसअघि १ अमेरिकी डलरको नेपाली मुद्रा १ सय १० रुपैयाँको हाराहारीमा मात्र पुगेको थियो ।

भारतीय मुद्रा कमजोर भएका कारण नेपाली मुद्राको मूल्य पनि कमजोर हुन पुगेको हो । नेपाल र भारतबीच स्थिर विनिमयदर रहेका कारण नेपालले चाहेर मात्र वा नेपाली मुद्रा बलियो भएर मात्रै नेपाली मुद्राको भाउ बढी हुँदैन ।भारतीय मुद्रासँगको स्थिर विनिमय दरको प्रभाव नेपाली मुद्रामा पनि परेको अर्थशास्त्रीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया