काठमाडौंः चीनले प्रशान्त महासागरमा अमेरिकाको सैन्य अड्डामा आक्रमणका लागि अभ्यास गरिरहेको आरोप लागेको छ । अमेरिकी रक्षा मन्त्रालयको एउटा रिपोर्टमा चीनले अमेरिका र उसको सहयोगीको सैन्य अड्डामा आक्रमणका लागि अभ्यास गरिरहेको आरोप लगाइएको हो ।

अमेरिकी संसदमा पेस गरिने वार्षिक प्रतिवेदनमा पेन्टागनले चीनले आफ्नो लडाकू विमानको सहयोगले यो क्षेत्रमा लामो दूरीमा प्रहार गर्ने क्षमता वृद्धि गरिरहेको उल्लेख रहेको बीबीसीले जनाएको छ । यसबारेमा चीन भने मौन छ ।

प्रतिवेदनमा पछिल्लो तीन वर्षमा चीनको पिपल्स लिबरेसन आर्मी (पीएलए)ले लडाकू विमानद्वारा आक्रमण गर्नका लागि समुद्री क्षेत्रको विस्तार गरेको पनि बताइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया