काठमाडौंः पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर नेयमारलाई रियल मड्रिड आउन उनका पूर्व टिममेटले सल्लाह दिएका छन् । यही सिजन पिएसजीबाट एथलेटिको विल्वाओ आएका डिफेन्डर युरी वर्चिचेले नेयमार रियल आएको हेर्न चाहेको बताएका हुन् ।

युरीले नेयमारलाई रियलको सेतो जर्सीबाट खेलेको हेर्न चाहेको बताएका हुन् । ‘नेयमार स्पेन फर्किएको हेर्ने मेरो चाहाना छ । उनले रियलको सेतो, निलो र रातो जर्सी लगाएर खेलेको खेल हेर्न लालयित छु,’ इएल पोडकास्टको अन्र्तवार्तामा उनले भनेका छन्, ‘यद्यपी उनी अहिले पिएसजीमा पनि खुशी छन् । उनी अझै ला लिगा मन पराउछन् । नेयमारसँग मेरो राम्रो मित्रता छ । उनी रियल आउन मेरो शुभकामना छ ।’

क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि रियलले नेयमारलाई अनुबन्ध गर्न चाहेको छ । तर नेयमारले भने पिएसजीमा खुसी रहेको बताएका छन् ।

नेयमारलाई रियलले अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । नेयमार अघिल्लो सिजन मात्रै पाँच वर्षका लागि बार्सिलोनाबाट कीर्तिमानी २२२ मिलियन पाउन्डमा पिएसजीमा अनुबन्धित भएका थिए ।

तपाईको प्रतिक्रिया