माया, हाम्रो जीवनमा काला बादल मडारिँदैनन् भन्दिनँ म, अथवा, हाम्रो भविष्य ईन्द्रेणी रङका मात्र होलान् भन्दिनँ म, हाम्रो भविष्य पर्फेक्ट होला र जीवन सहज होला भन्ने वाचा पनि गर्दिनँ, म के वाचा गर्न सक्छु भने, मेरो स्वःको प्रत्येक औँस, मेरो समर्पण, मेरो सम्मान र मेरो अटुट प्रेम मेरो जीवन रहुञ्जेल तिम्रालागि रहनेछ (जस्तो तिमीले पनि भन्ने गरेका छौ) म यत्ति वाचा गर्न सक्छु, म तिम्रालागि सधैँ यहीँ रहन्छु, तिमीलाई सुनिरहन्छु र तिम्रो हात सम्हालिरहनेछु तिमीलाई महसुस भइरहनेछ मेरो मायाको, तिम्रा हरेक कुरा सुनिरहेको महसुस हुनेछ, हरबखत खुसी दिने प्रयत्न गरिरहनेछु, यो पक्का छ ।

मेरो वाचा छ, म कुनै संकटका बेला तिमीलाई रेखदेख गर्नेछु, तिमीसँगै संकट समाधानको प्रयास गर्नेछु, बनाउने छु, तिमीसँगै खस्ने छु र उठ्ने छु तिमीसँगै म तिमीलाई सधैँ उत्साह जगाउनेछु र तिम्रो सबैभन्दा सशक्त भरोसा हुनेछु चाहे राम्रो बेला होस् या नराम्रो बेला ।

म तिमीलाई वचन दिन्छु, म सधैँ तिम्रो रक्षिका हुनेछु, सल्लाहकार र परामर्शदाता रहनेछु तिम्रो हितको साथी हुनेछु, तिम्रो परिवार रहनेछु र सबैसबै म नै रहनेछु । यो औँठीसँगै मैले तिमीसँग यो वाचा गरेँ । सधैँ तिम्रो, आयङ्का

तपाईको प्रतिक्रिया