काठमाडौँ । नेपाल टेलीभिजनमा चलेका र लोकप्रिय कमेडी सिरियलहरु सबै बन्द भ​एको अवस्थामा भाईब्स कृयसनको निर्माणमा नयाँ कमेडी सिरियल (गोलमाल) को प्रशारण आरम्भ भएको छ​। जयनन्द लामा, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, शिवहरि आचार्य​, राजु कमेडी, शान्ति बस्नेत लगायतका कलाकारहरु रहेको कमेडीश्रृंखला (गोलमाल) हरेक शुक्रबार बेलुका सात बजेबाट प्रशारण भइरहेको छ ।

मिडिया हबसँगको करार सकिएपछि नेपाल टेलीभिजन बाट नियमित प्रशारण भैरहेका जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल​, ब्रेक फेल लगायतका कार्यक्रमहरु हाल बन्द रहेका बेला यो कार्यक्रमले राम्रो प्रतिक्रिया पाउनेमा निर्माता पर्शुराम रिजाल ढुक्क छन् । यो श्रृँखला निर्देशनको निर्देशन निरज नेपालले गरेका हुन् ।

तपाईको प्रतिक्रिया