नवलपरासी – पश्चिम नवलपरासीमा ४५ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीका अनुसार हालसम्म शिक्षकको शून्य दरबन्दीमा वर्र्षौदेखि ती सामुदायिक विद्यालय सञ्चालन हँुदै आएका हुन् ।हालसम्म शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका विद्यालयलाई यस वर्ष शिक्षक भर्ना गर्न बजेट विनियोजन गरिएको इकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिनुभयो ।ढकालका अनुसार विद्यालयमा विद्यार्थीको सङ्ख्याका आधारमा यसअगावै शिक्षकको दरबन्दीबिनै सञ्चालन हुँदै आएका सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न न्यूनतम एउटा विद्यालयलाई एक दरबन्दीको शिक्षक पर्ने गरी बजेट व्यवस्थापन गरिएको हो ।

हालसम्मको अवस्थामा पश्चिम नवलपरासीमा आधारभूत तह कक्षा एकदेखि पाँच कक्षासम्म दुई, आधारभूत तह कक्षा छदेखि आठ कक्षासम्म २९ र माध्यमिक तह कक्षा नाँैदेखि १० कक्षासम्म १४ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालनमा छन् ।यसरी वर्र्षौदेखि शून्य दरबन्दीमा सञ्चालनमा रहेका यी सामुदायिक विद्यालय स्थानीय स्रोत साधन परिचालन गरी निजी स्रोतबाट सञ्चालन हँुदै आएको अवस्था छ । अभिभावक, चन्दादाता वा अन्य दाताको सहयोगका भरमा सञ्चालन हँुदै आएका ती सामुदायिक विद्यालयलाई रकम विनियोजन भएपछि यस वर्ष केही भए पनि शिक्षकमा सहजता हुने देखिन्छ ।सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न दरबन्दी पुनःवितरण, दरबन्दी मिलान, आवश्यक रहेको इकाइका प्रमुख ढकालले बताउनुभयो । पश्चिम नवलपरासीका सात स्थानीय तहमा २०५ सामुदायिक विद्यालय रहेका छन् ।

तपाईको प्रतिक्रिया