काठमाडौं (अस) । हिरो मोटोकर्पले ‘एक्ष्ट्रिम २००आर’ मोटरसाइकल नेपालमा उपलब्ध गराएको छ । नेपालका लागि हिरोका बाइकको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले नाडा अटो शो २०१८का अवसरमा यो बाइक सार्वजनिक गरेको हो ।

एण्टी–लक ब्रेक सिष्टम (एबीएस) जडान गरिएको यो बाइकमा २ सय सीसी क्षमताको एयर कुल्ड इञ्जिन रहेको छ । यसको उच्चतम गति १ सय १४ किमी प्रतिघण्टा रहेको कम्पनीको भनाइ छ । यसमा २ सय ७६ मिमीको अगाडिको डिस्क र २ सय २० मिमीको पछाड डिस्क ब्रेक रहेको छ । यसमा १७ इञ्च, १३०÷७० चौडाइको रियर रेडियल टायर रहेको छ । विक्रीमूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ कायम गरिएको हिरो ‘एक्ष्ट्रिम २००आर’ नेपाल जनरल मार्केटिङका सबै डिलरबाट उपलब्ध हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया