रौतहट – सुतिरहेका दुई दिदीबहिनी माथि अज्ञात समूहले तेजाब छर्किएको छ । प्रहरीका अनुसार चन्द्रपुर नगरपालिकामा घरमा सुतिरहेका दुई दिदीबहिनीको अनुहारमा अज्ञात समूहले तेजाब छर्किएको हो। मंगलबार राति १२ बजे दुवै दिदीबहिनीको अनुहारमा तेजाब छर्किएर फरार भएको बताइएको छ ।घाइतेका बुवाका अनुसार राति १२ बजे अज्ञात समूह घरमा प्रवेश गरि ढोका खोलेर दुवै छोरीको अनुहारमा तेजाब फालेर भागेको हो । घटनामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।प्रहरीका अनुसार तेजाबबाट उनीहरुका आँखा, टाउको र अनुहारमा गहिरो चोट लागेको छ। दुवै बोल्न सक्ने अवस्थामा छैनन् । चन्द्रनिगाहपुर अस्पतालले उनीहरुलाई उपचार गर्न नसकेपछि थप उपचारका काठमाडौ रिफर गरेको छ। प्रहरी नायब उपरीक्षक युवराज खड्काले तेजाब छर्किएर फरार भएकाको खोजी कार्य भइरहेको बताए।

तपाईको प्रतिक्रिया