काठमाडौँ – आज महिलाहरुको महान चाड हरितालिका तीज धेरै महत्वको साथमा मनाउने गरिन्छ । यसै हरितालिका तीजको अवसरमा नाच्दानाच्दै मंगलबार राति एकजना पुरुषको मृत्यु भएको जानकारी आएको छ । हेटौंडा ११ बस्ने ५२ वर्षीय रामहरि सिवाकोटी दर खाइसकेर नाच्ने क्रममा मृत्यु भएको हो।

नाच्ने क्रममा एक्कासी बेहोस भएका उनको खुसीयालीको माहोल हुँदै गर्दा घरमनै मृत्यु भएको हो।उनको शवको हेटौंडा अस्पतालमा पोष्टर्माटम गरि उनको परिवारलाई प्रहरीले जिम्मा लगाएको छ।

तपाईको प्रतिक्रिया