काठमाडौं – मंगलबारको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ ।त्यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ०७ रुपैयाँ १७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ १३ पैसा रहेको छ ।कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २१ र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ ।वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम परिबर्तन गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया