मलेसिया – मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने भएका छन् ।समाचारमा जनायए अनुसार मलेसिया सरकारले विदेशी कामदार १० वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन परिमार्जन गरि १३ वर्षसम्म बस्न पाउने नियम ल्याएको हो ।लेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले विदेशी कामदारको अस्थायी रोजगार अनुमति ९पीएलकेस० प्रावधानलाई परिमार्जन गरेको बताएका छन् ।

मलेसियामा रहेका विदेशी कामदारको दक्षतालाई ख्याल गर्दै मन्त्रिपरिषद्बाट भिसा नवीकरणसम्बन्धी यो निर्णय गरिएको हो ।मन्त्री कुला सेगरनका अनुसार थप तीन वर्षको भिषाको लागि कामदारले बर्सेनि भिसा नवीकरण गर्नुपर्ने छ ।तर त्यस्ता विदेशी कामदारले स्थायी बसोबास र मलेसियन नागरिकताका लागि भने आवेदन दिन पाउने छैनन् । समय थपेर बसे पनि रोजगारदाताले नै उनीहरुको वार्षिक १० हजार रिंगिट लेभी तिर्नुपर्नेछ । असोज १५ अथवा अक्टोबर १ बाटै लागू हुने यो नियमले नेपालीलाई फाइदा पुग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया