गोरखाका छबि आले जन्मजात दृष्टिबिहिन हुन् तर उनी कुनै कुरामा पनि पछि पर्दैनन् । छबि फिल्म हेनर्छन्, युटुब हेर्छन्, देशमा भएका घटनाक्रमको बिषयमा जानकारी राख्छन् । अनि रमाईलो अनि अचम्मको कुरा उनी सयौं चलेका नेपाली कलाकारहरुको क्यारिकेचर गर्छन् ।

हरिवंश आचार्यदेखि चलेका नेताहरु अनि बिभिन्न हास्य कलाकारहरुको क्यारिकेचर हुबहु गर्ने छब आले दृष्टिबिहिन भएपनि आफु कमजोर नरहेको बताउँछन् । बाटोमा दृष्टिबिहिनहरुले मागिरहदा उनलाई उदेक लाग्छ । किन यस्तो गरेको हाला जस्तो लाग्छ । अनि सबै दृष्टिबिहिनहरुलाई भिकारी सम्झनेहरु देखि पनि उनलाई दिक्क लाग्छ ।

एकपटक, छबिलाई हिडिरहँदा एक व्यक्तिले उनको हातमा सय रुपैंया दिएछन्, उनले किन दिएको भनेर सोध्दा ती व्यक्तिले तिमी जस्तै व्यक्ति मैले सुन्धारा छेऊमा मागिरहेको देखेको थिए त्यसैले भनेछन्, अनि छबिले भनेछन्, तपाई जस्तै मान्छेलाई मैले अस्ति बलात्कारको आरोपमा जेल लैजादै गरेको देखेको थिएँ । हेर्नुहोस, छबिसँगको कुराकानी ।

तपाईको प्रतिक्रिया