नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शकमाझ् यसको दोश्रो संस्करण नेपाल आइडल टु एपीवान एचडी टेलिभिजनबाट प्रसारणमा आएको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इनटरनेश्नल फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि सुरु भइसकेको हो ।सर्वाधिक लोकप्रिय नेपाल आइडल – २ एपिवान टेलिभिजन मार्फत दर्शकहरू समक्ष साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८:३० देखि प्रसारण भइरहेको छ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।हिजो नेपाल आइडलको एघारौँ एपिसोड अर्थात पियानो राउण्डको पहिलो एपिसोड सुरु भएको छ जसमा जम्मा २० मध्ये १० प्रतिस्पर्धीहरूले आफ्नो प्रतुती दिएका छन् ।पियानो राउण्डमा गोल्डेन माइक विजेता पाठकले प्रस्तुती दिएपनि यो प्रतिस्पर्धाको लागि भेने थिएन किनकी उनी सिधैँ गाला राउण्ड प्रवेश गरिसकेका छन् । उनले य एपिसोडमा तिमी जुन रहर ले बोलको गीत गाएर जजहरुलाई मन्त्रमुग्ध बनाउन फल भएका छन् । ओरिजिनली यस गीतलाई दिनेश अधिकारीले लेखेका हुन् भने स्वर सम्रात नारायण गोपालले गाएका हुन् ।हेर्नुस् भिडियो

तपाईको प्रतिक्रिया