एउटा बिरालोले एक महिनाको बच्चा ३० फिट उचाइबाट मुखमा च्यापेर हाम्फाल्दा पनि त्यसबालकलाइ केहि भएन । ती बालकको भाग्य भनौ बालकलाई कुनै पनि चोट पनि लागेन । यो घटना भारतको हरियाणाको हो ।बिहीबार बिहान भारतको हरियाणाको भिवानीमा यस्तो अनौठो घटना भएको हो । यहाँ १ महिनाका बालक घरको दोस्रो तल्लामा सुतिरहेका थिए । उनी भएकै कोठामा अर्कोबेडमा उनका पिता सुतेका थिए । बिहान साढे ६ बजे बच्चासँगै सुतेकी आमा उठेर ट्वाइलेट गइन् । ट्वाइलेट गएर फर्केर बेडमा आउँदा बेडमा रहेको बच्चा त्यहा थिएन । त्यसपछी घरका सबै मिली खोज्न थाले । काकाले घरको दोस्रो तल्लाबाट हेर्दा देखे बाहिर अफ्नो घरभन्दा अगाडि २ घर छाडेर त्यसअघि रहेको खाली प्लटमा एक बिरालो बच्चासँगै बसिरहेको थियो ।त्यो देख्ने बित्तिकै काका हेमन्तले तत्कालै ३० फुट उचाइबाट प्लटको छानोमा हाम्फाले । प्लटमा खस्ने बेला चिप्लिँदा खुट्टामा चोट लाग्यो र पनि भतिजालाई बचाए ।परिवारले बच्चालाई सम्हाल्दै तुरुन्त हेमन्तलाई अस्पतालमा भर्ना गरे । अहिले डाक्टर बच्चा स्वस्थ छन् तर अस्पतालमा हेमन्तको उपचार भइरहेको छ । डाक्टर बच्चा स्वस्थ रहेको र कुनै समस्या नभएको बताउदै देखेर चकित छन् ।

तपाईको प्रतिक्रिया