काठमाडौँ – नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ । यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।एकातिर उनको हस्की भ्वाइसमा यो गीत गाइरहँदा अर्कोतिर जजहरु मक्ख परेर सुनिरहेका थिए त प्रस्तुतीको बिचमै उनको गायकीको तारिफ गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया