काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै शनिबार राजधानी प्रदर्शन भएको छ । माइतीघरबाट मण्डलाबाट निस्किएको प्रदर्शनमा सयौंको संख्यामा निर्मलाका अामाबुवासँगै अधिकारकर्मी, नागरिक अगुवा, पत्रकार, विद्यार्थी लगायत सहभागी छन् । अहिले प्रदर्शनकारीहरु नयाँ बानेश्वर चोकमा धर्ना दिइरहेका छन् ।

शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्। ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरूले सरकारको चर्को विरोध गरे।

काठमाडौंको माइतीघर मण्डलबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरतर्फमा आएर कोणसभामा परिणत भएको हो। कोणसभालाई निर्मलाका बुबा यज्ञराजलगायतले सम्बोधन गरे।

शनिबार राजधानीसहित देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भउको छ।

तपाईको प्रतिक्रिया