काठमाडौं-नाडा अटो शोको अवसरमा आइसर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्डको थन्डरबर्ड ३ सय ५० एक्स्मोडल र क्लासिक गन मेटल ग्रे ३ सय ५० सीसी सार्वजनिक भएको छ ।

रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्सले उक्त मोटरसाइकल नाडा अटो शोमा सार्वजनिक गरेको हो । उक्त मोटरसाइकल रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित मोटरसाइकल भएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट डिजाइनको उक्त थन्डरबर्ड एक्स् मोटरसाइकलमा बीएस फोर मोडल, टिउबलेस टायर, अलोह्वील, ह्यान्डलबारका साथै सेतो तथा रातो रंगमा उपलब्ध छ । त्यस्तै क्लासिक गन मेटल ग्रेतर्फ बीएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर जस्ता विशेषता छ ।

तपाईको प्रतिक्रिया