बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै शनिबार हजारौँ मानिस सडमा उत्रिएका थिए । पछिल्लो समय बास्तविक हत्यारा पत्त्ता लगाइ कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन आह्वान गर्दै विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ हजारौँ मानिसहरू आन्दोलनमा उत्रिएका छन् ।

राजधानी काठमाडौँ लगायत देशैभर निर्मलाका पक्षमा न्याय माग्दै प्रदर्शन गरिएको छ। हिजो काठमाडौँमा भएको प्रदर्शनमा पनि हजारौँ मानिस सहभागी भएका थिए।

निर्मलाका लागि न्याय खोज्दै काठमाडौँमा गरिएको प्रदर्शनमा उनका आमाबुबा समेत सहभागी भएका थिए ।५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्‍यालीमा सरकारको चर्को विरोध भएको थियो ।

उक्त र्‍यालीमा ऋषि धमलाको पनि उपस्थिति थियो । सोहि बिषयमा यो बिरोध र्‍याली के का लागि साथै पछिलो समय बढ्दै गइरहेको बलात्कारको घटना र बलात्कारीलाइ फाँसी दिनु पर्छ भन्दै देश भरि भैरहेको आन्दोलनको बिषयमा यहाँको के विचार छ भन्ने प्रश्न र समसामयिक बिषयबस्तुमा लाइट नेपालको प्रस्तुति कार्यक्रम समय सन्दर्भमा गरिएको कुराकानी भिडियो सहित जस्ता को त्यस्तै

तपाईको प्रतिक्रिया