आफूलाई ‘लिटिल बुद्ध’ भन्दै देशभर प्रचार गर्दै आएका रामबहादुर बम्जनलाई नचिन्ने सायदै होलान । उनलाई साँच्चिकै बुद्ध भन्नेहरु पनि नभएका होइन् । पछिल्लो समयमा उनका अनुयायीहरु पनि बढ्दै गएका छन् । उनलाई गुरु भन्दै पुज्ने उनका शिष्यहरु पनि थुप्रै भइसकेका छन् । तर तीनै धर्म गुरु भनिएका रामबहादुर बम्जनले त्यहाँ रहेका महिला शिष्यहरु (आनी) सम्मलाई बलात्कार गरेको आरोप लागेको छ ।

करिब पाँचवर्षदेखि आफ्ना बावु र भाइसँग रामबहादुर बम्जनको शिष्य भएर रामबहादुर र उनकी श्रीमतीको स्याहार सुसार गर्दै आएकी एक १८ वर्षीया किशोरी गंगा मोक्तानले आफू रामबहादुर बम्जनबाट बालात्कृत भएको आरोप लगाएकी छिन् ।

आर्थिकरुपमा कमजोर रौतहट जिल्ला घर भएकी एक १८ वर्षीया किशोरी उनका बाबु र भाई पाँचवर्षदेखि रामबहादुर बम्जनको भक्त भई बस्दै आएका थिए । घरको आर्थिक अवस्था कमजोर भएपछि कमाउन भन्दै विदेश गएकी आमाको ३ महिनामै मृत्यु भएपछि ती युवति (नाम उल्लेख नगरिएको) आफ्नो बुबा र भाईसँगै आफू पनि रामबहादुरको अनुयायी हुने निर्णय गर्दै २०७१ सालमा रौतहटबाट रामबहादुरको आश्रम छिरिन् ।

जब उनी रामबहादुरको आश्रममा बस्न थालिन् । उनलाई रामबहादुरबाट अप्ठ्यारो खालको व्यवहारहरु हुन थाल्यो तर त्यो आफ्नो गुरुले शिष्यलाई गरेको माया ठानेर आफूले कुनै प्रतिवाद गरिनन् । समय वित्दै जाँदा उनी २०७३ साल भदौ २० गते अन्तत तिनै धर्मगुरुबाट उनी बालात्कृत भइन् । उनी आफ्नागुरुबाट भएका बेला सर्लाहीको पत्थरकोट भन्ने ठाउँमा बलात्कृत भएकी हुन् ।

उक्त घटना बाहीर ल्याएमा आश्रममै रहेका बुबा र भाईको ज्यान तलमाथि हुने धम्की आएपछि उनले आफू बालात्कृत भएको घटना गुपचुपमै राखिन् । उक्त घटनापछि समयसमयमा आफूलाई शरीर आवश्यक भएको भन्दै यौन क्रियाकलापका लागि आग्रह गर्दा आफूले प्रतिकार गर्ने गरेको र उनको श्रीमतीलाई भन्ने गरेकी थिइन् ।

रामबहादुरको श्रीमतीले पनि आफ्नो गुरुको कुरा बाहिर ल्याउन हुन्न भन्दै ढाकाछोप गर्दै आइन् । रामबहादुरले आफू, आफ्नो श्रीमती र बच्चाको स्याहार गर्न ३ जना किशोरीहरुलाई जिम्मा दिएका थिए । उनले त्यहाँ हुने हरेक क्रियाकलाप नजिकबाट नियाल्दै आइन् । उनले अन्य साथीहरुमाथि भएको दुव्र्यवहार पनि देखिन् । तर उनी डर र त्रासका कारण केही बोल्न सक्ने अवस्थामा थिइनन् ।

तपाईको प्रतिक्रिया