कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको वलात्कार गरी हत्या गरेको अभियोगमा सार्वजनिक गरीएका भिमदत्तनगर १९ वागफाटाका ४१ बर्षका दिलिप सिंह विष्टको मानसिक अवस्था झन् बिग्रदै गएको छ ।

गत भाद्र ४ गते हत्याको अभियोगमा विष्टलाई सार्वजनिक गरे लगत्तै स्थानियले प्रहरीले अपराधि बचाउन एउटा मानसिक रोगीलाई सार्वजनीक गरेको भन्दै विरोध गरेका थिए ।

र्निमला पन्तको हत्या अभियागेमा प्रकाउ परेका विष्टको डिएनए परिक्षण पश्चात घटनामा संलग्न नभएको देखिएपछि जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेश पछि विष्ट भाद्र २७ गते रिहा भएका हुन । विनाकारण प्रकाउ परेका जस्तो देखिएका विप्टले हिरासतमा प्रहरीले चरम यातना दिएको बताएका छन् ।

दिलिप विष्टका बुवा कमल सिंह विष्टले पहिलेको छोराको अवस्था र प्रहरीले झुटा मुद्या लगाई बलात्कारी र हत्यारा वनाईएका छोराको अहिलेको अवस्था फरक रहेको बताए । आफ्नो छोरा ८ कक्षामा पढ्दा पढ्दै मानसिक अवस्था कमजोर भएपनी पहिलेको अवस्थामा रहदा मान्छेहरु संग रामै्र संग वोल्ने, हिड्दा एकान्त सडक छेउ भएर हिड्ने र खाने कुरा दिएपछि मात्रै खाने भए पनी अहिले उसको पुरै चाल चलनमा परिवर्तन आएको उनको गुनासो छ ।

छोराको अवस्था झन विग्रेको भन्दै उनले सरकार संग उचित उपचारको व्यवस्था मिलाईदिन समेत आग्रह गरेका छन । दीलिपलाई प्रहरीले जबरजस्त रुपमा बलत्कारी र हत्यारा बनाएर आजिवन जेलमा सडाउने तयारी गरेको स्थानीयको आरोप थियो । तर, आफूहरुले आन्दोलन चर्काएपछि बाध्य भएर प्रहरीले उनको डिएनए टेस्ट गर्न पठाएको थियो ।

डिएनए टेस्टमा दीलिपको संलग्नता नदेखिएपछि उनलाई अदालतल छाड्न आदेश दिएको हो । प्रहरीले निर्दोषलाई जवरजस्त फसाउँन खोज्नुले प्रहरीमाथि नै आशंका बढेको स्थानीय अधिकारकर्मीहरु बताउँछन् । निर्मलाको बलात्कार पछि हत्या भएको ५३ दिन बितिसक्दा पनि अझै प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया