काठमाडौँ । बाराको जंगलमा बर्षादेखि तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले आफुमाथि बलात्कार गरेको भन्दै उनकै १८ बर्षीया शिष्या आनी उजुरी गर्न काठमान्डौ आएकी छिन् ।

धर्मगुरु बन्ने सपना देखेर गुम्बा गएको तर आफुले भगवान मानेको गुरुले नै बलात्कार गरेको भन्दै आइतबार ती युवती उजुरीको लागी प्रहरी परिसर टेकु पुगेकी छिन् । यिनी निरमाया तामाङ । (नाम परिवर्तन) । घर रौतहट । जो २०७१ साल साउन २८ गते सर्लाहीको पत्तथरकोट स्याङकोडाँडामा अवस्थित धर्मगुरु रामबहादुर बम्जनको आश्रममा पुगिन् ।

कलिलै उमेरमा मातृवियोगको सामना गरेकी उनी सांसारिक मायामोहबाट मुक्ति पाउन भन्दै बम्जनको आश्रम पुगेकी थिइन् । आफूलाई ‘मिनी बुद्ध’ दावी गर्ने बम्जनको आश्रम अर्थात् गुम्बामा आनी बन्नका लागि उनी त्यहाँ पुगेकी हुन् ।

उनि आफु पनि बेम्जन जस्तै धर्म गुरु बन्ने सपना बोकेर १४ बर्षको उमेरमा गुरुको आश्रम पुगेकी थिइन् तर बेम्जनको आश्रम त आफुले चलचित्रमा देखेको मुम्बईको कोठी जस्तो रहेको उनको दावी छ ।

बम्जनले आफ्नी श्रीमती काठमाण्डौ गएको बेला उनलाई बलात्कारको गरेको आनीको दावी छ । बम्जनको यौन दुव्र्यवहार कै कारण धेरै आनीहरु त्यहाँबाट भागेको उनको भनाइ छ । साथै बम्जनले १४ / १५ बर्षका साना आनीहरुलाइ पनि आफुसंग यौन यौन सम्पर्कको लागि राजी गराउन दबाब दिने गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया