काठमाडौं– प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा नयाँ इन्चार्ज पठाएको छ । बालुवा सेटिङमा घुस लिएको आरोमा शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ असईसहित ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएपछि कोटेश्वरका हालका इन्चार्ज राजु लामालाई हटाएर इन्सपेक्टर एलिजा गिरीलाई पठाइएको हो ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले कोटेश्वरका इन्सपेक्टर लामालाई हटाएर एलिजालाई पठाइएको बताए । लामालाई भने सामाखुसीस्थित पहरा गणमा पठाएको छ ।

यस्तै काँडाघारीका इन्स्पेक्टर हरि ओझालाई पनि हटाएर सुधिर राईलाई नयाँ पठाइएको छ । शनिबार अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गानासहित ९ प्रहरीलाई १ लाख घुसहित राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया