यौनधन्दा गर्ने महिलाहरुको राति काम गर्दा उनीहरु सुत्ने समय दिउँसो हुन्छ । उनीहरु आफ्नो हात मुख राम्रो संग देखाउन समेत तयार हुदैनन् तर सडक पेटीमा खुलेआम ग्राहकहरु संग जनि हो भन्दै कुरा गरेको धेरै ठाउमा देखिन्छ । ग्राहकले यौनकर्मीसँग मोलमोलाई गरिरहेको देख्न र सुन्न र अनुभव गर्न सकिन्छ ।

उनीहरुको बोल्ने शैली हाउभाउले पनि स्पस्ट हुन्छ । सडकका पेटीहरुमा हिड्ने र ग्राहकहरु खोज्ने गरेको अझै पनि देख्न सकिन्छ । सरकारले खुलामखुला हुने यस्ता यौन धन्दा रोक्न खोजे पनि रोक्न सकेको छैन । पछिल्लो समय रात्री ब्यबसायलाइ मध्ये नजर गर्दै ठमेल र आसपासका क्षेत्रहरुमा कडाई गर्न नखोजेको होइन तर पनि बिस्तारै प्रहरीको यो कदम पनि सेलाउदै गयो फेरी पनि काठमान्डूको ठमेलदेखि बसपार्कका आसपासका ठाउँमा यस्ता धन्दा चलिरहेका छन् ।

खुल्लमखुल्ला हुने योनधन्दा साथै सडक पेटीमा हुने मोलमोलाईले बाटोमा हिड्ने सर्बसाधारणलाइ नराम्रो असर परेको छ । काठमान्डूको ठमेल, नँया बसपार्क, रत्नपार्क, र बालाजु चोकमा यस्ता दृश्यहरु बडी देख्न पाइन्छ । यस्ता धन्दामा ११ देखि १८ वर्षका किशोरी सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु साथै तेश्रो लिंगी पनि धेरै रहेको पाइन्छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका, एकल महिलासमेत यौनकार्यमा संलग्न रहेका पाइन्छ । उनीहरुले प्रतिघण्टा पाँच सय देखि १० हजासरम्म लिने गरेको एक अध्ययनले देखाउछ ।

तपाईको प्रतिक्रिया